‘एमडिएमएस व्यवहारिकरुपमा कार्यान्वयन भएको छैन ‘

२०८० माघ ५ गते, शुक्रबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनको चरणमा रहेको बताउदै व्यवहारिकरुपमा कार्यान्वयन नभएको स्वीकार गरेकी छन । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुरा स्वीकार गरेकी हुन् । उनले एमडिएमएस प्रणाली देशको लागि आवश्यक भएको र सरकार प्रभावकारी कार्यान्वयनतर्फ लागि रहेको बताईन ।
यसैगरी, मन्त्री शर्माले अर्बौं अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे छानविन भइरहेको बताउदै टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाट समेत छानबिन भइरहेकाले कार्यान्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताईन । उनले मन्त्रालयले पनि कानून र कार्यविधि बनाएरमात्र अघि बढ्ने निर्णय गरेकाले यो लागू नभएको बताईन ।
यसैगई, मन्त्री शर्माले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको र सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिईन ।
मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानविनको क्रममा रहेको बताउदै समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानविन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास व्यक्त गरिन ।

प्रतिक्रियाहरु

[anycomment]