श्रमिक समुदायको मुक्ति समाजवादबाट मात्र सम्भव
काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय विभागीय प्रमुख सन्तोसी सीले श्रमिक समुदायको मुक्ति नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव हुने बताएकी छन । नेपाल कम्यृुनिष्ट पार्टी जाजरकोटले विहिवार खलंगामा ‘परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व’ विषय आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा वताएकी हुन । पार्टीको सल्लाहकार समिति सदस्य समेत रहेकी सन्तोसीले समाजमा अहिले पनि जातीय विभेदमा कमी नभएको र राज्यले विभेदलाई नियन्त्रण गर्ने प्रयास नगरेको बताईन । उनले सोती घटना देखि देशका विभिन्न ठाउँमा अहिले पनि श्रमिक समुदाय माथि कुरुर मानबता विरोधी अपराधहरु भएको बताईन । उनले अन्तर जातीय विवाह गरेकै कारण धेरै युवा युवतीहरु गाँउबाट विस्तापित हुने देखि अकालमा परिवारका सदस्यहरुको तनावले आत्महत्या गर्नु पर्ने अवस्थाको सृजना हुने गरेको बताईन । उनले यस्ता तमाम समस्याहरुको नियन्त्रण राज्य बलियो भएपछि मात्र हुने दाबी गरिइन । उनले भनिन ‘राज्य दलाल छ,यो नेपाली जनताको हितमा छैन,यसले दलालवर्गको सेवा गरेको छ, जसले गर्दा श्रमिक समुदायमाथि ठुलो उत्पीडन छ,यसलाई रोक्न समाजवादी व्यवस्था अनिर्वाय चाहिन्छ ।’
उनले समाजबाद प्राप्तिको आन्दोलनमा सबै समुदायहरुले नलागे सम्म श्रमि समुदाय मात्र होइन श्रमजीवी वर्ग कसैको पनि मुक्ति नहुने ठोकुवा गरिन् ।
यसैगरी , श्रमिक समुदाय मोर्चा नेपाल दक्षिण कर्णाली ब्यूरोले जातीय विभेद गर्ने विरुद्ध कडा संंघर्ष गर्ने निर्णय गरेको छ । बर्दियाको वासँगढीमा विहिवार सम्पन्न मोर्चाको दक्षिण कर्णाली व्यूरोको बैठकले जातीय छुवाछुत र विभेद गर्ने विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको हो । बैठकले प्रत्येक जिल्ला स्तरका भेला, सम्मेलन सम्पन्न गर्ने र व्यूरो स्तरमा पदाधिकारीहरुको उपस्थितिमा प्रशिक्षण गर्ने निर्णय गरेको छ । बैठकलाई नेकपाका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले सम्बोधन गर्दै समाजमा जातीय विभेदको अन्त्य गर्न संविधानमा भएको मौजुदा कानुनी व्यवस्थालाई पनि समाजमा पुर्याउनु पर्ने र जनचेतनाको विकास गराउनु पर्ने बताए । मोर्चाका दक्षिण कर्णाली ब्यूरोका संयोजक बलमान सीको अध्यक्षतामा बैठक बसेको थियो ।