युवा संगठन नेपाल, कास्कीले अनुमतिविनाबिना चलेका तीन वटा सरकारी साधननियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

२०८० माघ १३ गते, शनिबार


काठमाडौँ । युवा संगठन नेपाल, कास्कीले अनुमतिविनाबिना चलेका तीन वटा सरकारी साधननियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । संगठनले पत्रकार र स्थानीयको रोहबरमा ट्राफिक प्रहरीलाई गाडी बुझाएको हो । कास्कीको विभिन्न तीन स्थान हेम्जा, बगर र पृथ्वीचोकमा चलाएको अभियानमध्य हेम्जामा सरकारी वकिल कार्यालय बागलुङ को बा २ झ २६९६ नम्बरको गाडी र पोखरा सीमपानीबाट जिल्ला शिक्षा समन्वय कार्यालयको बिएए ९१७६ नम्बरको गाडी र पोखरा पृथ्वीचोकबाट यातायात व्यवस्था कार्यालय कास्कीको बिएए ०५५३ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर बुझाएको हो । जसमध्ये सरकारी वकिल कार्यालय बागलुङ र जिल्ला शिक्षा समन्वय कार्यालय कास्कीको गाडीले पास लिएको तथा यातायात व्यवस्था कार्यालय कास्कीको गाडीले पाससमेत नलिएको पाइएको युवा नेता युवराज सीले बताए । युवा सङ्गठन नेपालको यस्तो प्रकारको सार्वजनिक महत्त्वको अभियान राम्रो भएको स्थानीयहरुको प्रतिक्रिया रहेको जिल्ला अध्यक्ष महेन्द्र सीले बताए ।
यातायात व्यवस्था कार्यालय कास्कीको गाडीलाई नियन्त्रण स्थलबाट ट्राफिक प्रहरीले नै चलाएर ट्राफिक कार्यालयसम्म पुर्याएको थियो । अब आफ्नो युवा सङ्गठनले जनताको पक्षमा निरन्तर अप्रेसन चलाउने पश्चिम कास्की सेक्रेटरी परिवर्तनले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]