वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद

२०८० माघ १५ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य आधार सीले अहिलेको राज्य सत्तामा देखिएका संकटको समाधान गर्न नेपाली विशेषताको समाजवाद आवश्यक रहेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी कैलालीले आइतबार आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र यसको समाधान उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
नेता आधार सीले वर्तमान संसदीय व्यवस्थाको कारण नेपाली राजनीति अस्तव्यस्त बनेको बताउदै भने-“अहिलेको सत्ता केबल दलालहरुको हातमा छ जसका कारण जनताले दिन प्रतिदिन सबै क्षेत्रमा सास्ती खेप्न परेको छ ।”
उक्त अन्तरक्रिया कार्यक्रमलाई बिभिन्न राजनीतिक दलका नेताहरुले पनि सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका क्रममा देशको राजनीतिक समस्याको समाधान गर्नका लागि एकचोटि सबै दलहरु साँझ सहमतिले अगाडि बढ्नुपर्ने जोड दिए । अन्तरकृया कार्यक्रमको सञ्चालन नेकपा सेती ब्युरो कार्यालय सचिव निरक सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार