ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रायोजित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा युवा नेता रक्तिमले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको अभिव्यक्ति शान्तिबिरोधि, गैरजिम्मेवार र प्रायोजित रहेको टिप्पणी गरेका छन। बुधबार रौतहटको बौदिमाईमा आयोजित नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो बिषयक अन्तर्कृयामा बोल्दै नेता रक्तिमले यस्तो टिप्पणी गरेका हुन।
राप्रपा नेता तथा साङ्सद शाहीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई पक्राउ गर्नुपर्ने भनी दिएको सार्वजनिक अभिव्यक्तिले मुलुकमा अस्थिरता र द्वन्द निम्त्याउन चाहने शक्तिकेन्द्रहरुको इच्छा पुर्ती गर्ने उदेश्य रहेको भन्दै नेता रक्तिमले उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्नुपर्ने अन्यथा जनताले त्यसलाई सहेर नबस्ने भन्दै भर्सना गरेका छन।
अन्तर्कृयामा उनले देशमा विद्यमान संकटको निकासका लागि राज्यको व्यापक रुपान्तरण गर्नुपर्ने र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने दाबी समेत गरे।
अहिलेको गणतन्त्रको चरीत्र आयातीत र दलाल भएकोले यसले देशलाई निकास नदिने बरु पश्चगामी र बिदेशीहरुको स्वार्थ मात्रै पूरा गर्ने भएकोले समाजवादी व्यवस्थाको दिशामा सबै कम्युनिस्ट , देशभक्त र लोकतान्त्रिक शक्तिहरु अगाडि बढ्नुपर्ने बताए।
अन्तर्कृयामा जनता समाजवादी पार्टीका नेता मोहङ देव पट्टेल रावत, माओवादी केन्द्रका नेता राम विलास रावतले समेत विचार व्यक्त गरेका थिए।नेपाल कम्युनिस्ट पार्टीका नेता शिव शङ्कर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमलाई नेकपा जिल्ला कमिटी सदस्य शिव पट्टेलले सञ्चालन गरेका थिए।