‘यही अवस्था सहेर बस्ने हो भने नेपालले युक्रेनभन्दा बढी सास्ती खेप्नुपर्छ ‘

२०८० माघ १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पोल्त्ब्यूरो सदस्य बन्धु सीले यही अवस्था सहेर बस्ने हो भने नेपालले युक्रेन भन्दा बढी सास्ती खेप्नुपर्ने बताएकी छन । नेकपा उत्तर बाँकेद्वारा आयोजित ‘वर्तमान राजनीतिक संकटको निकास’ नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।
उनलेे दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमा देशलाई सचेत ढंगले नलिने हो भने नेपाल देश नै नरहने बताइन् । यही व्यवस्थामा रमाउने हो भने दलाल पुजीवादले जनतालाई अहिलेको अवस्था भन्दा सयौ गुणा सास्ती दिने समेत उनलेे ठोकुवा गरिन् । नेता बन्धु सी ले दलालहरुले इतिहासमै नगरेको हानिकारक mcc सम्झौता गरेर नेपालाई अमेरिकाको अधिनको देश बनाउन खोजेको तर नेकपाले त्यो सपना कदापी पूरा हुन नदिने प्रतिबद्धता गरिन् ।
उनले एमसीसी नेपालको लागि विगतका सन्धी सम्झौता भन्दा सयौ गुणा सास्ती र खतरनाक सम्झौता भएको भन्दै यसको अत्याचार सहने हो भने नेपालले युक्रेन भन्दा बढी सास्ती खेप्नु पर्ने बताउदै भनिन – ‘एमसीसी खारेजीको विकल्प छैन,नत्र नेपाल अमेरिकीहरुको परेड खेल्ने देश हुनेछ । राष्ट्रिय स्वाधीनताको रक्षा र नेपालको अग्रगामी निकासका लागि दलाल पुँजीवादको अन्त्य गरी नेपाली बिशेषताको समनजवादमा जानुको विकल्प छैन ।’
उनले अमेरिकी साम्राज्यवादको सैन्य अखडा र परेड खेल्ने देश नेपाल कुनै पनि हालतमा हुन नसक्ने चेतावनी दिदै साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादका विरुद्ध सबैलाई संघर्षको मोर्चामा आउन अपिलसमेत गरिन ।
उक्त अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र वाचनसहित आफ्नो धारणा राख्दै नेकपा उत्तर बाँकेका इन्चार्ज रणदिपले अबको राज्यको संकटको सामधान नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, नेकपा (एस) शहिद परिवार, नागरिक उन्मुक्ती पार्टीका प्रमुखहरुले नेपाली विशेषताको समाजवाद अपरिहार्य भएको र यसको नेतृत्व पहलकर्ता विप्लवले गर्नु पर्ने धारणा राखेका थिए
बाँके जिल्ला सेक्रेटेरी कल्पना सीको अध्यक्षता पोलिटब्युरो सदस्य बन्धु सीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथि नेकपा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज रणदिपलगायत रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]