नेपाली विशेषताको समाजवाद अनिबार्य

२०८० माघ २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य शितल सीले देशमा अब सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी भएको बताएका छन । नेकपा मकवानपुरद्वारा सोमबार आयोजित नेपालमा लादिएको एमसीसी, राज्यसत्ताको संकट र निकासको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले चौतर्फी संकटबाट गुज्रिरहेको हाम्रो देशलाई निकास दिन अब सबै शक्ति मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने बताए । त्यस्तै जनताको आँखा छलेर जबर्जस्त सदनबाट रातारात पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गर्नुको विकल्प नभएको उनको भनाइ थियो । साथै लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूभाग अतिक्रमण रोक्न कडा सिमा सुरक्षा नीति अवलम्बन गर्न गराउन जोड दिनुपर्ने बताए ।
नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज वाटर सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रतिनिधि इन्द्र कुमार राई, माओवादी केन्द्र प्रतिनिधि महेश सिन्तान,समाजसेवी आशिष पाख्रीन, बागमती-२ का वडा सचिव तारा नाथ राई, नेकपा बकैया गापा इन्चार्ज मोहन सी लगायतको आतिथ्यता रहेको छ । नेकपाका केन्द्रिय सदस्य मिङमार सीले सन्चालन गरेका कार्यक्रममा बागमती गापा सेक्रेटरी साजन सीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु