वर्तमान समस्याकाे स्थायी समाधान नेपाली विशेषताको समाजवाद

२०८० माघ २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे पाेलिट ब्युरो सदस्य आस्था सीले वर्तमान समस्याकाे स्थायी समाधान नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँकेद्वारा आयोजित वर्तमान राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै सो कुरा बताएकी हुन् ।
नेता आस्थाले नेपालका राजनीतिक दलहरुले बेलैमा ध्यान नदिने भने देशलाई दलालहरुले सिध्याउने र प्रतिगमनको खतरा निम्तिने धारणा राखिन् । अहिलेको व्यवस्था पूर्ण रुपमा असफल भएकोले विकल्प समाजवाद भएको कुरा व्यक्त गरिन् ।
जिल्ला इन्चार्ज एवम् रणदिप सीको अध्यक्षता पार्टी पाेलिट ब्युरो सदस्य आस्था सीको प्रमुख आतिथ्यता ब्युरो इन्चार्ज एवम् केन्द्रिय सदस्य संगम सी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य आइपी खरेल, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुन्दर, नेकपा एमालेका नैनसिह बम, नेपाली कांग्रेस बैजनाथ गाउँ कमिटी सभापति देव बहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेश चौधरी, रास्वपाका क्षेत्रिय प्रतिनिधि सुरेश खड्का राजनीतिक विश्लेषक अर्जुन पौडेल, बैजनाथ वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल, नेकपा केन्द्रीय सदस्य सिगंम सी लगायतको आतिथ्तामा सम्पन्न कार्यक्रममा ब्युरो इन्चार्ज संगम सीले कार्यपत्र वाचन गरेका थिए । उक्त अवधारणा पत्रमाथि आगन्तुक अतिथिहरु धारणा राख्दै नेपाली विशेषताको समाजवाद को बहस नै नयाँ भएको यो आवश्यक पनि रहेकोले देशको अबको निकास समाजवाद नै रहेको धारणा राखे ।
उक्त अन्तरक्रियामा समाजसेवी, राजनीतिककर्मी, बुद्धिजीविलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी कल्पनाले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]