नेपाली विशेषताको समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आजाद सीले नेपालमा देखिएका सबै समस्या र संकट भूमण्डलीकृत पूँजीवादद्वारा संरक्षित दलाल संसदीय व्यवस्था भएको बताउदै यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद लागू गर्नुपर्ने बताएका छन ।
नेकपा दाङले बुधबार घोराही -२ रामपुरमा आयोजना गरेकोे ‘देशको वर्तमान राजनीतिक संकट, राज्यको षड्यन्त्र र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता आजाद सीले नेपालको राष्ट्रियता इतिहासकै कमजोर बनिरहेको बताए। उनले राष्ट्रियता कमजोर हुँदा वैदेशिक हस्तक्षेप चरमचुलीमा पुगेको भन्दै एमसीसीमार्फत अमेरिका नेपालमा प्रवेश गरेको उद्घोष गरे ।
त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले अहिलेको संकटको मुख्य स्रोत भूमण्डलीकृत पूँजीवाद भएको बताइन् । भूमण्डलीकृत पूँजीवादलाई मलजल गर्ने दलाल संसदीय व्यवस्था असफल भइसकेको बताउदै नेता सम्झनाले यसले जनताको हितमा नभएर पूँजीवादीहरुको हितमा काम गर्छ भन्ने आज सही सावित भएको कुरामा जोड दिइन् ।
पार्टी पूर्वी दाङ सचिवालय सदस्य चुलुवा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभासदस्य चूडामणि आचार्य ,समाजसेवी खेमराज खनाल, हरि रिजाल, माआवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य लेखा राना, एकीकृत समाजबादी वडा अध्यक्ष मेघबहादुर खड्का, माओवादी केन्द्रका वडा अध्यक्ष सुरेन्द्र चौधरी, समाजसेजी सम्भु पोखरेल, वुद्दिजीवि नारायण थापा र पुर्ण बहादुर मल्लले कार्यपत्रमाथि टिप्पणीसहित आफ्नो धारणा राखेका व्यक्त गरेका थिए ।