जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारदेखि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारदेखि बस्ने भएको छ । सो पार्टीका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ । बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।