‘साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसिवाद आउँदैछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्जार्ज कृति सीले साम्राज्यवादको डिजाइनमा प्रतिगमन र फाँसिवाद नेपालमा एकैसाथ आउने खतरा भएको बताएका छन् । बुधबार काठमाडौं जिल्ला नम्वर २ अन्तरगत तारकेस्वर नगरसमितिद्वारा आयोजित वर्तमान राजनितिक संकट र यसको समाधान विषेयक अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता कृति सीले नेपाली जनतको राजनीति दलप्रतिको असन्तुष्टिको फाइदा उठाउदै साम्राज्यवादले यही व्यवस्था ठिक छ, अवस्था परिवर्तन गर्नुपर्छ भन्ने भ्रमित नारा दिएर नयाँ शक्तिको नाममा प्रतिगमन र फाँसिवाद एकैसाथ लाद्न खोजिएको बताए । उनले भने- ‘भूराजनीतिक अन्तरबिरोधका कारण नेपाल संकटतिर जाँदै छ, यो अहिलेको कुरा होइन । जब रामशरण महतहरुले नेपालमा उदारिकरण निजीकरणको अवधारणा ल्याए त्यहीबाट संकटको सुरुवात भयो।’
भुमन्डलीकृत पुजीवाद एकीकृत भएर हस्तक्षेप बडाइरहेका बेला नेपालका कम्युनिस्टहरु छिन्न भिन्न भएको उनको भनाई थियो । उनले देशमा भएभरका युद्योगहरुलाई नेपालीको पहुचबाट कटाएर यो देशमा भविश्य छैन भन्ने भ्रममा पारेर नेपाली युवा विद्यार्थीहरुलाई पलायन गराइ देशलाई परनिर्भर बनाउने साम्राज्यवादको डिजाइन रहेको बताउदै यसलाइ रोक्न दलगत स्वार्थबाट माथि उठेर उनीहरुको डिजाइन असफल पार्न सबैलाई आव्हान समेत गरे ।
‘व्यवस्था खराब होइन, अवस्था खराव हो’ भन्नेहरु तर्फ लक्षित गर्दै नेता कृतीले यो दलाल संसदिय व्यवस्थाको भित्रि इन्जिन नै ड्यामेज भइसकेकाले जस्ता प्रोफेसनल ड्राइभरलाई देश हाक्न दिएपनि अन्तत ः देश दुर्घटना तिरै जानेसमेत जिकिर गरे। उनले भने, ‘अहिले ठुला शक्ति राष्ट्रको टकराव र नेपालका दलका लाचारिपनका कारण देशै नरहने खतरामा छ । एकातिर नेपालमा साम्राज्यवाद एमसीसीको चारो लिएर यहाँको प्राकृतिक श्रोत साधन तथा नेपालको भूमि अतिक्रमण गरेर सहयोगको नाममा नेपालमा सैन्य अखडा बनाएर चाइनामाथि हैकम जमाउन खोज्दैछ ।’
नेता कृति सीले नेपालीहरु भारत र चीनको चेपुवामा परेको भन्दै अगाडि भने- ‘नेपालको दलाल संसदीय व्यवस्थाको असफलताको कारण देशमा साम्राज्यवादी हस्तक्षेप तिब्र छ, यसरी विश्वमा साम्राज्यवादको अवस्था हेर्दा र नेपालमा बड्दो हस्तक्षपले देशै नरहने खतरा छ । यसको मुल कारण अहिलेको दलाल व्यवस्था नै हो । यदी देश बचाउने हो भने साम्राज्यवादबिरुद्द लड्न एकीकृत कम्युनिस्ट पार्टी जरुरी छ, त्यतिमात्र होइन यो देशलाई माया गर्ने सम्पूर्ण देशभक्त बुद्धिजीबी, लोकतन्त्रवदी, गणतन्त्रवादी र समाजवादीहरु एक हुन जरुरी छ । यो व्यवस्थाले राष्ट्रियताको रक्षा गर्न सक्दैन, यसलाई फाल्न जरुरी छ र त्यसको वदलामा उन्नत समाजवाद अझ भन्दा नेपाली विशेषताको समाजवाद आजको आवश्यकता हो।’

यसैगरी , सोही कार्यक्रमा बोल्दै (क्रान्तिकारी) कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य शरद रसाइलीले यो व्यवस्था असफल छ मात्र भनेर नहुने भन्दै समाजवाद कसैले कोशेली दिन्छ स्वीकारौला भन्ने भ्रमको कुरा नभएको बताए। उनले भने, ‘समाजवाद कसैले कोशेली दिएर आउदैन यसका लागि यो व्यवस्थाको बिरुद्ध सम्पूर्ण कम्युनिस्ट देशभक्त बुद्धिजीबी, लोकतन्त्रवादी समाजवादीहरू एक भएर प्रतिरोध संघर्स चलाउनु पर्छ, यो व्यवस्था जनताको व्यवस्था होइन, बेलैमा नेपालका कम्युनिस्ट वामपन्थीहरुले सहिलाई सहि गलतलाई गलत भन्ने आँट गरेर यो व्यवस्था बिरुद्धको प्रतिरोध संघर्षमा जुट्नुपर्छ अनि मात्र समाजवाद सम्भव छ, अहिलेको संकटको समाधान भनेको दलाल पुँजीवाद संसदीय व्यवस्थालाई फालेर समाजवाद ल्याउनु नै हो अरु कुनै अप्सन छैन। आवश्यक परे फेरी बन्दुक उठ्छ अहिले जे भनिएतापनि अन्तिममा सशस्त्र प्रतिरोध युद्धबिना समाजवादमा पुग्न नसक्ने निश्चित छ।’
यसैगरी, कार्यपत्रमाथि आफ्नो धारणा राख्दै तार्केश्वर नगरपालिकाका १० नम्वर वडा अध्यक्ष कुमार राईले परनिर्भरताले वर्तमान संकट निम्तिएको बताउँदै यसको असली उदाहरण आफु स्वयम् रहेको बताए । उनले भने, ‘आफैले लगाएको कपडा आफ्नो देशमा उत्पादन हुँदैन । आफ्नो देशको स्रोत साधनमाथि अरुको गिद्धे दृष्टी छ केही छैन भन्दै युवा पलाएन हुदैछन् । यसको मूल जड यही वर्तमान व्यवस्था हो । यसको आमुल परिवर्तन जरुरी छ।’
त्यस्तै नेकपा निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य विष्णु सीले देशका सम्पूर्ण दलका विचार ब्यवहार दुवै राम्रो भए जनताले पत्याउने र जस्तोसुकै संकटमा पनि साथ दिने बताए। उनले भने, ‘अहिलेको संकट आत्मानिर्भर अर्थप्रणाली नहुनु हो । यसको समाधान सामुहिक उत्पादनमा जोडिनु हो । जो नेकपाले गरिरहेको छ।’
त्यस्तै नेकपा एमालेका प्रदेश समिति सदस्य सिताराम रेग्मीले अन्तरक्रियाको विषय र कार्यपत्रमा उल्लेख भएको कुरा समय सान्दर्भिक र अहिलेको आवस्यकता भएकाले यसलाई सानो हलमा मात्र नभएर आम बहस बनाउनुपर्ने बताए। उनले भने, ‘यो विषय सानो घेरामा राखेर बहस गर्ने विषय होइन यसलाई खुल्ला बहसको जरुरी छ। यसका निम्ति म जुनसुकै सहयोग गर्न पनि तयार छु । देश र जनतालाई धोका हुन भएन। अहिलेको संकट भनेको सत्ताधारी दलहरु हुन् । अहिलेसम्म झिनो आशा भएको पार्टी यही हो अरुमा मलाइ विश्वास छैन। व्यवस्था परिवर्तनको आन्दोलनमा मेरो पूर्ण साथ रहन्छ । दलाल पुँजीवादका कारण देश संकटमा पर्यो यसको निकाश कम्युनिस्ट एकताबाट मात्र सम्भव छ ।’
नेकपाकी केन्दिय सदस्य तथा जिल्ला नम्वर २ कि इन्चार्ज ज्ञानु सीको अध्यक्षतासहित कार्यपत्र प्रस्तुतिबाट सुरु भएको अन्तक्रियाको संचालक जिल्ला सेक्रेटरी ज्वति सीले गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि तथा बुद्धिजीवीहरुले विषयमाथि केन्द्रीत रहेर आफ्नो मत राखेका थिए। साथै तारकेश्वर नगरपालिका अन्तरगतका विभिन्न वडाका प्रतिनिधि साथै अन्यले समेत विषयमाथि आफ्नो मत राखेका थिए।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट सितराम रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य सरद रसाइली, बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य विष्णु सी, समाजसेवि तथा बुद्धिमान सुरेन्द्र बस्नेत, टोखा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामभक्त अधिकारी, ताराकेश्वर न.पा १० का अध्यक्ष तथा नेपाली काङ्ग्रेसका वडा सभापति कुमार राई लगायतले कार्यपत्रमाथि आफ्नो धारणा राखेका थिए । अधिकांशको मत अहिलेको सङ्कट यो व्यवस्था भएकाले विकल्प खोज्नुपर्ने र त्यसका लागि सम्पूर्ण देशभक्त समाजवदीहरु एकैठाउमा गोलवन्द भएर लड्नु पर्ने थियो।