महासचिव विप्लव सीद्वारा गगने थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य चन्दन सीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन । महासचिव विप्लव सीले शुक्रबार शोक वक्तव्य जारी गर्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य चन्दन सीका बुवा गगने थापाको निधनप्रति दु:ख व्यक्त गर्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
महासचिव विप्लव सीद्वारा जारी शाेक वक्तव्यमा डोटी जिल्ला जोराइल गाउँपालिका, वडाँ नम्बर ४ लक्ष्मीनगर, दाइनीगडा निवासी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य चन्दन लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।