समाजवादी माेर्चा सल्यानको संयाेजकमा कृतिबहादुर पुन

काठमाडौँ । समाजवादी माेर्चा सल्यानको संयाेजक नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष कृतिबहादुर पुन चयन भएका छन । माेर्चाका अन्य सदस्यहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल सी, नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हरि के.सी., नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य मानबहादुर मल्ल,नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव रमेश गाैतम र माेर्चाका सदस्य सचिव नेपाल कम्युनिस्ट पार्टी उत्तर सल्यानका सचिव मदन सी रहेका छन । ।
जिल्ला सदरमुकाम खलंगा बजारमा समाजवादी माेर्चाकाे घाेषणा कार्यक्रम गरेर पार्टीहरुले सल्यानमा साे माेर्चा घाेषणा गरेकाे नेकपा सल्यानले बताएको छ। माेर्चा घाेषणा गर्न आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य आधार सीले देशकाे राष्ट्रियता जाेगाउन समाजवादी माेर्चा बनेको बताए । उनले दलाल पुँजिवादले देश निल्नै लाग्दा राष्ट्रियतामा खतरा आएपछि समाजवादी माेर्चा बनेको बताए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेतले अबको नेपालकाे अन्तरविराेध समाजवादी माेर्चाले हल गर्ने र देशमा राजनीतिक रुपमा ठूलो संकट आएकोले त्यसलाई हल गर्ने दायित्व माेर्चाकाे रहेको उहाँले बताए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सदस्य उदय बाेहराले देशका सबै वामपन्थी तथा कम्युनिस्टहरु एकजुट हुने हाे भने समाजवाद धेरै टाढा नरहेको बताए । उनले भने -‘समाजवाद भन्नु नै दलाल पुँजिवादकाे अन्त्य ‘हुनु हाे ।’
कार्यक्रममा बाेल्दै नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार तथा संविधान सभा सदस्य उमाकान्त शर्माले एक्लाएक्लै लडेर काेहि सफल हुँदैन त्यसैले मिलेर लडनु पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सी,पार्टीका दक्षिण जिल्ला सचिव वीरबहादुर सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी, नेकका( एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार दामोदर शर्मा, प्रेमा अधिकारी लगायत नेताहरु अथितिकाे रुपमा उपस्थित थिए ।
कार्यक्रम माेर्चाका जिल्ला संयाेजक कृति बहादुर पुनकाे अध्यक्षता, सदस्य सचिव मदन सीकाे संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई माेर्चाका सदस्य हरि के.सी.ले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।