समाजवादी माेर्चाकाे मुखपत्र ‘समाजवादी माेर्चा’ प्रकाशन गर्ने तयारी

२०८० फाल्गुन १८ गते, शुक्रबार

काठमाडौँ । समाजवादी माेर्चा, नेपालले माेर्चाकाे मुखपत्र’समाजवादी माेर्चा’ प्रकाशित गर्ने भएको छ। सो मुखपत्र प्रकाशन गर्न माेर्चाकाे प्रकाशन विभागकाे पहिलाे बैठक बिहिबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ । नेकपाका महासचिव तथा माेर्चाका संयाेजक समेत रहेका विप्लव सीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले माेर्चाकाे मुखपत्र `’समाजवादी माेर्चा’ प्रकाशित गर्नेबारे ठाेस नीति – विधि तयार गरेकाे छ । प्रकाशन विभागकाे दाेस्राे बैठक २१ फागुन, साेमबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा बस्नेछ ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य अनिल सी, नेकपा (माके) का महेश्वर दाहाल, नेकपा (एस) का जगन्नाथ खतिवडा र जसपाका नेता पूर्ण बस्नेत सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

क्रान्तिकारी ध्रूबिकरण अनिबार्य

२०८२ बैशाख १२ गते, शुक्रबार

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार