युवा संगठन नेपाल काठमाडौं जिल्ला नम्बर १ काे अध्यक्षमा रबिन सी

काठमाडौँ । युवा संगठन नेपाल, काठमाडौं जिल्ला नम्बर १ काे जिल्ला सम्मेलनले रबिन सीकाे अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । जसको उपाध्यक्षमा भूवन सी, सचिवमा मदन सी र काेषाध्यक्षमा सन्ताेष सी निर्वाचित भएका छन् ।
सम्मेलन पूर्व माेटरसाइकल र्याली निकालिएको थियाे । र्याली काठमाडौंकाे थहिटी चाेकबाट सुरू भएर जमल, दरवारमार्ग, जयनेपाल, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, न्युराेड, असन हुँदै पुन: थहिटी चाेकमा पुगेर सम्मेलनमा परिणत भएकाे थियाे ।
सम्मेलनमा नेकपा पाेलिटव्युराे सदस्य कृति सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे। सम्मेलनमा नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जीवन्त सी, पाटन सीकाे आतिथ्यता रहेकाे थियाे ।