मन्त्रिमण्डल पुनर्गठन : तीन मन्त्रीद्वारा शपथ ग्रहण

२०८० फाल्गुन २१ गते, सोमबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन। सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका छन् । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार