नेकपाद्वारा जीवनको निधनप्रति दुःख व्यक्त

२०८० फाल्गुन २२ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका राष्ट्रिय प्रतिनिधि समिति सदस्य तथा खोटाङका पूर्वजिल्ला इन्चार्ज जीवन राईको निधनप्रति दुःख व्यक्त गरेका छन् । महासचिव विप्लव सी ले मंगलबार एक शोक वक्तव्य जारी गर्दै राईको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
राईको यही फागुन २१ गते निधन भएको थियो ।
महासचिव विप्लव सीद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘लामो समयदेखि आन्द्राको क्षयरोगको उपचार गराईरहनु भएका उहाँको निधनले पार्टीलाई ठूलो क्षति भएको छ । यस दुःखको घडीमा मृतक जीवनप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति सहानुभुती प्रकट गर्दछौं ।’
राई बुवा मानवहादुर राई र आमा नौरत्न राईको कोखबाट २०१९ माघ १० गते खोटाङमा जन्मिएका थिए । उनी शिक्षक संगठन नेपाल, खोटाङ जिल्ला संयोजक, पार्टीको जिल्ला सेक्रेटरी, इन्चार्ज हुँदै अहिले राष्ट्रिय प्रतिनिधि समिति सदस्य बनेका थिए । उनका एक छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार