वर्तमान राजनीतिक संकटको नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी ब्युरो इन्चार्ज तथा पोलिटब्यूरो सदस्य विकिरण सीले वर्तमान राजनीतिक संकटको नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन । नेकपा धौलागिरी ब्युरो अन्तर्गत बागलुङको गलकोट नगरपालिकामा मङलबार आयोजित ‘राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता विकिरण सीले भने – ‘नेपालको वर्तमान राजनीतिक संकटको कारक दलाल पुजीवादी सत्ता हो। यसको अन्त्य गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुको बिकल्प छैन । त्यसैले समाजवाद प्राप्तिको लागि वामपन्थी ,कम्युनिस्ट,लोकतान्त्रिक गणतन्त्रवादी , देशभक्त र समाजवादी एक ठाउँ भएर अगाडि बढ्नुपर्छ । नेपाली मौलिकताको पहिचान गर्दै कृषि, पर्यटन, प्राकृतिक साधन स्रोतलाई माथि उठाउनु आवश्यक छ ।’
त्यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा दलाल संसदिय व्यवस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिनेमा जोड दिएका थिए । उनीहरुले अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेकोले यसको हल भनेकै नेपाली समाजवादको विशेषता भएको दाबी गरेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमा प्रस्तुत कार्यपत्रमाथि नेपाली कांग्रेसका जिल्ला सहसचिव फमलाल खत्री, नगर उप सभापति यज्ञप्रसाद सापकाेटा , एमालेका नगर अध्यक्ष पुर्ण काउचा , माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काे नगर समाजवादी मोर्चाका संयाेजक गंगा भुजेल, विरेन्द्र पहाडी, दलित अधिकारकर्मी, समाजसेवी तिलक उप्रेती, वडा न ९ का अध्यक्ष तेजबहादुर थापा वडा न ६ का अध्यक्ष राम प्रसाद कँडेलले टिप्पणी गरेका थिए ।
अखिल समाजवादी धौलागिरी इन्चार्ज उपेन्द्र सीले सन्चालन गरेको उक्त कार्यक्रमा नेकपा बागलुङ जिल्ला गल्कोट नगर इन्चार्ज गोविन्द सीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख आतिथि नेकपाका धौलागिरी ब्युरो इन्चार्ज तथा नेकपा पिबिएम विकिरण सी, अतिथिहरु नेकपा जिल्ला सेक्रेटरी प्रसिद्धि सी, नेपाली कांग्रेस जिल्ला सहसचिव फम लाल खत्री, नगर उपसभापति यज्ञ प्रसाद सापकाेटा , एमाले नगर अध्यक्ष पुर्ण काउचा , माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काेट नगर समाजवादी मोर्चा संयाेजक गंगा भुजेल , विरेन्द्र पहाडी, दलित अधिकारकर्मी ,समाजसेवी तिलक उप्रेती, वडा अध्यक्ष तेज बहादुर थापा ,अध्यक्ष राम प्रसाद कडेलको रहेको छ।