पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता

२०८० फाल्गुन २४ गते, बिहीबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका छन्। भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका डा. भट्टराईले आफ्नो समस्या समाधानका लागि काठमाडौं आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने न्हान्दै गरिब निमुखाहरुलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए। उनले माग पुरा हुन नसके मिटरब्याज पीडित लगायतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए।
मिटरब्याज पीडित सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार