‘समाजवादको यात्रामा महिलाहरु लामवद्ध हुनुको बिकल्प छैन ‘

काठमाडौँ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सीले समाजवादी मोर्चालाई सशक्त बनाउँदै समाजवादको यात्रामा महिलाहरु लामवद्ध हुनुको बिकल्प नभएको बताएकी छन । समाजवादी मोर्चा सम्बद्ध महिला संगठनहरुद्वारा बिहीबार गोर्खामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
नेता भृकुटी सीले नेपालमा समाजवादी व्यवस्था स्थापना नभएसम्म महिलाहरुको मुक्ति सम्भव नभएको भन्दै समाजवादीका लागि महिलाले ठूलो संघर्ष गर्नुपर्ने बेला आएको बताइन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले समाजवादी मोर्चालाई फराकिलो बनाउँदै लैजानुपर्ने बताइन् । उनले गोर्खा जिल्ला क्रान्तिकारी जिल्ला भएकाले समाजवादी मोर्चालाई सशक्त बनाउन यो जिल्लाका महिलाको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।
उक्त अन्तरक्रियामा समाजवादी मोर्चा सम्बद्ध महिला संगठनका नेतृहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सी, सचिव उषा सी, माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ भगवती तिवारी, एकीकृत समाजवादी पार्टीकी जिल्ला अध्यक्ष पवित्रा बराल, जनता समाजवादी पार्टीकी अध्यक्ष पार्वती गुरुङ, जिल्ला समन्वय उपप्रमुख लिला परियार लगायतका महिलाहरुको सहभागिता रहेको थियो ।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा गोर्खा जिल्ला सेक्रेटरी माया सीको अध्यक्षता रहेको थियो भने एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गोर्खा जिल्ला इन्चार्ज कपिल सी, गोर्खा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमर तमु, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेत लगायतका आतिथ्यता रहेको थियो ।