युवा संगठन नेपाल पूर्वी वाजुराको अध्यक्षमा भविष्य सी

२०८० फाल्गुन २९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपाल पूर्वी वाजुराको पाँचौ जिल्ला सम्मेलनले भविष्य सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
उक्त सम्मेलनलाई युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले सम्वोधन गर्दै युवा भनेको परिवर्तनको मुख्य शक्ति भएको बताए । उनले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउदै दलाल संसदीय व्यवस्थामा युवाहरुलाई खाडी पठाउने बाहेक अरु केही पनि नहुने बताए । उनले नेपालमै रोजगारीको व्यवस्था गर्ने र नेपालमै उत्पादन गर्ने व्यवस्था आवश्यक भएको चर्चा गर्दै त्यसका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको ठोकुवा गरे ।
यसैगरी, नेकपा जिल्ला इन्चार्ज भुपेन्द्र सीले युवाहरुको संगठन अरु पार्टी संगठन भन्दा फरक भएको बताए ।
उक्त कार्यक्रममा अतिथिको रुपमा नेकपा जिल्ला सचिवव बिमल सी, जिल्ला न्याय बिभाग प्रमुख बिलास सीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कुम्भ सीले गरेका थिए भने सन्चालन नवीन सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु