एमालेद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई निर्देशन

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई निर्देशन दिएको छ। सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।
ओलीले मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।
ओलीले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिदै भने- ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,।’