अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ । मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुनेगरी सो कार्यदल गठन गरेको हो ।
कार्य दललाई अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जानकारी दिईन ।
अपांगता भएका दीपक भण्डारीले काठमाडौंमा सहयोगीको माग गर्दै धर्ना दिँदै आएका थिए । उनीसहित अन्य उस्तै व्यक्तिका समस्या समाधान हुनेगरी मापदण्ड बनाउन कार्यदल गठन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले बताईन । कार्यदलले दिएको सुझावको आधारमा मापदण्ड बनाई कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।