नेकपाले सहिद परिवारलाई सम्मान गर्ने

२०८० चैत्र १८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालयले साेमबार काठमाडौंमा एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा सहिद भएका १५ जना सहिदका परिवारहरुलाई सम्मान गर्ने भएकाे छ ।
त्यसक्रममा सहिदहरुकाे जीवनीलाई पार्टी महासचिव विप्लव सीले लाेकार्पण गर्ने भएका छन् । साेमबार मध्यान्ह १२ बजे कमलादीस्थित प्रज्ञा भवनकाे पारिजात सभाकक्षमा हुने साे कार्यक्रममा सहभागी हुन पार्टी केन्द्रीय कार्ययालयले सबैमा अनुरोध गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]