अनिल सीद्वारा आस्थाका बन्दीसँग भेटघाट

२०८१ बैशाख २७ गते, बिहीबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल शीले सप्तरी जिल्लाको राजविराजस्थित जिल्ला कारागारमा रहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । उनले बिहीबार विहान आस्थाका बन्दी बच्चालाल सरदारसहित ४ जनासँग भेटघाट र छलफल गरेका हुन् ।
बन्दीहरूले भेट‌घाटको क्रममा ‘कारागारमा क्षमताभन्दा धेरै बन्दीहरू रहेको र कारागार व्यवस्था विभागको लापरबाहीको कारण ९० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरू समेत रिहा हुने अवसरबाट बञ्चित हुनुपरेको गुनासो गरेका थिए। भेटघाटमा नेकपा केन्द्रीय सदस्य किम सी, रामनाथ मण्डल र प्रदीप चौधरी पनि सहभागी थिए । सरदारलाई प्रहरीले २०७२ साल साउन ८ गते पक्राउ गरेको थियो । उनी तत्कालिन अखिल (क्रान्तिकारी)को जिल्ला संयोजक थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार