जसपा नेपाल सरकारबाट बाहिरियो
२०८१ बैशाख ३१ गते, सोमबार
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ। आज बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा बुझाएका हुन् । उनीसंगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन् ।
उनले राजीनामा पत्रमा ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ भन्ने उल्लेख गरेका छन् ।