प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

२०८१ जेष्ठ ४ गते, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ। वर्तमान सत्ता समीकरण हेर्दा यसपटक पनि उनले सजिलै विश्वासको मत पाउने देखिन्छ। वर्तमान सत्ता गठबन्धनसँग १५० भन्दा धेरै सांसद हुने अनुमान गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु