प्रतिपक्षी पाँचदल संसदीय छानबिन समिति गठन हुनुपर्नेमा एकमत
२०८१ जेष्ठ ५ गते, शनिबार
काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा पाँच प्रतिपक्षी दल एकमत देखिएका छन् । बैठकमा काँग्रेसका साथै लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने सहाभागी भएन । सत्तारुढ एकीकृत समाजवादीले पनि संसदीय छानविन समिति गठनको जोडदार माग गर्दे आएको छ । काँग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।