‘संशाेधनवाद र जडसुत्रवादका विरुद्ध विद्रोह गरेर नेकपा पुनर्गठन भएको हो’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले संशाेधनवाद र जडसुत्रवादका विरुद्ध विद्रोह गरेर नेकपा पुनर्गठन भएको ठोकुवा गरेका छन् । मंगलबार राजपुर – ३ खरदरियामा सो पार्टीको राजपुर गाउँकमिटीको प्रथम पूर्ण बैठकलाई सबोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ हामीले हाम्रो पार्टी दुईवटा प्रवृतिका विरुद्ध विद्रोह गरेर बनाएका हौं । नेपालको माओवादी आन्दोलनलाई प्रचण्डहरुले संशाेधनवादी बाटो लिएर विसर्जन गराएपछि हामीले प्रचण्डहरुको संशाेधनवाद र किरणहरुको जडसुत्रवादका विरुद्ध विद्रोह गरेर नेकपा पुनर्गठन गरेका हौं । नेकपा पुनर्गठन गरिसकेपछि हामीले जनतालाई समाजवादका बारेमा बुझाएका छौँ । अब यो राज्यव्यवस्था चल्दैन, यसको विकल्पमा अहिले तत्काल नेपाली विशेषताको समाजवादले हल दिनुपर्छ ।’
नेता सविन सीले नेपालका कम्युनिस्टहरु एकतावद्ध हुने बेला भएको बताउदै भने- ‘ नेपालमा जतिपनि तितरबितर भएका कम्युनिस्टहरु छन् ती सबैलाई एकताबद्ध गर्नुपर्दछ । मुद्दा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भने विचार मिल्नेहरुसँग पार्टी एकता गर्नुपर्दछ । यो हामीले परिस्थितिको बोध गरेर गरेको गरेका हौं । अमेरिकी साम्राज्यवादले नेपालबाट कम्युनिस्ट जनमतलाई सिध्याउन चाहेको छ । यो बेला हामीले कम्युनिस्टहरुको विशाल मोर्चा बनाएर प्रतिरोध गर्नुपर्दछ । अहिले हामीले बैठकबाट माओवादी धाराका बिचमा एकता गर्नुपर्दछ भनेर ढोका खुल्ला गरेर आएका छौँ । अहिलेको सन्दर्भमा नीति र नेतृत्वका हिसाबले विप्लव सर्वस्वीकार्य पात्र हुनुहुन्छ, नीति र नेतृत्व हाम्रो हुनुपर्दछ । हामी माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेर आएका छौँ ।’
नेता सविन सीले ०८४ को निर्वाचनलाई अब नेकपाले प्रयोग गर्ने निर्णय गरेको कुरा सत्य भएको बताउदै भने – ‘ हामीले पटकपटक निर्वाचन बहिस्कार गरेका थियौं तर ०८४ को निर्वाचनलाई उपयोग गर्ने भनेका छौँ । यो बिषयलाई आम नेताकार्यकर्ताले गहिरो गरी बोध गर्न जरुरी छ । चुनावलाई हेर्ने नेपालका कम्युनिस्टहरुका परम्परागत धारणा छन् , एउटा प्रयोगको नाममा संसदवादी लाइनमा पुगेर पतन हुने र अर्को बहिस्कारको नाममा कोठे क्रान्तिकारी बन्ने तर जनतामा पुग्न नसक्ने । हामीले चुनावका परम्परागत मान्यतालाई भत्काएर आएका छौँ । चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन , चुनावलाई क्रान्तिको समग्र मोर्चाको रुपमा हेर्नुपर्दछ । ०८४ को निर्वाचनलाई हामीले संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा सबै तहमा उपयोग गर्नुपर्दछ ।’
नेता सविन सीले पार्टीका नेताकार्यकर्ता अब निर्धक्क भएर जनतामा जानु पर्ने बताउदै भने-‘ हामीले जनतामा गएर संसदवादीहरुले देखाएको नाँगो नाँचको भण्डाफोर गर्नुपर्दछ । अमेरिकी साम्राज्यवादले यतिबेला विश्वभरी आतंक मच्चाइरहेको छ । नेपालमा पनि एमसीसीको गुलियो विषसहित नेपाललाई सैन्य अखडा बनाउन आइपुगेको छ र नेपालका दलाल सत्ताधारीले दिनदहाडै यो मुलुकलाई लुटिरहेका छन् । अहिले राजनीतिमा प्रवेश गरेका नयाँ भनिएका रवीहरु पनि उहीँ ड्याङका मुला सावित भएका छन् , सबैभन्दा बढी भ्रष्ट उनीहरु नै छन् । अब हाम्रो कर्तव्य यो कुरा जनतालाई बुझाउनु पर्दछ र अबको विकल्प समाजवाद हो र नेतृत्व महासचिव विप्लवको हुनुपर्छ भनेर जनताको ठूलो हिस्सालाई क्रान्तिमा होम्नुपर्दछ । नेपालको दलाल पुजीवादसंगै जोडिएको संसदवादका विरुद्ध जनतालाई प्रशिक्षित गर्दै जानुपर्दछ र दलाल पुजीवादको चंगुलबाट नेपाली जनतालाई मुक्त गर्नुपर्दछ ।’
नेता सविन सीले पार्टीका नेताकार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने अभियानलाई अझ थप व्यवस्थित गर्न निर्देशनसमेत दिए ।
सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज विक्रम सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सीले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त बैठकले नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीले संगठन सुदृढ एवम विस्तार अभियान चलाउने निर्णय गरेको छ ।
बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन गर्ने, पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको जानकारी दिइएको छ । बैठकले पालिकामा भइरहेका भ्रष्टाचार , अनियमितता , कालोबजारी , तस्करी , अवैध उत्खनन , चोरी , पैठारी विरुद्ध जनसंघर्स सञ्चालन गर्ने निर्णय समेत गरिएको जनाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीका सेक्रेटरी शुर्य सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी रहेका थिए । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज विक्रम सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी लगाएतको आतिथ्यता रहेको थियो ।