नेकपा पर्साद्वारा सुकुम्बासीमाथिको ज्यादतीविरुद्ध प्रदर्शन

२०८१ जेष्ठ १८ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पर्साले मा बिन्दबासिनी गाउँपालिका २ बहुआरबामा भएको सुकुम्बासीमाथिको ज्यादती विरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालय बीरगंज अगाडि प्रदर्शन गरिएको छ। लोजापाबाट निर्वाचित मेयर प्रमोद तिवारीको नेतृत्वको टिमले गह हप्ता बहुअर्वामा रहेको साठी घर सुकुम्बासीमाथि डोजर चलाएर दमन गरिएको थियो।
उक्त कार्यको घोर भर्सना गर्दै सोही स्थानमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले घोर भत्सर्ना गर्दै नेता,कार्यकर्ता र जनतालाई प्रतिरोधमा उत्रन आह्वान गरेका थिए ।
शुक्रबार बिरगंजस्थित घण्टाघरबाट निकालिएको र्याली बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो।
विरोध प्रदर्शनमा सुकुम्बासी माथिको ज्यादती बन्द गर,नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद- वैज्ञानिक समाजवाद जिन्दाबाद भन्दै सुकुम्बासीलाई न्याय दे, गरिब मार्न पाइँदैन जस्ता नाराहरु लगाइएको थियो।
उक्त कार्यक्रमका अखिल समाजवादीका मधेस नारायणी प्रदेश इन्चार्ज अटलले मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै सुकुम्बासी उठाउने रबैया गलत भएको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।
अखिल समाजवादीका केन्द्रीय सचिव समेत रहेका अटलले भने-: सरकार संविधानमा समाजवाद उन्मुख संविधान र व्यवहारमा गरिबको उत्पीडित समुदायको घर भत्काउने काम गरेको बताए।
उनले अहिलेको युगमा मानिसको घर भत्काउने कार्य क्रुर र अमानवीय भएको भन्दै उक्त कार्यको विरुद्ध बोल्नका निम्ति सबै सरोकारवाला ,मानव अधिकारवादी , राजनीतिक दललाई अपिल समेत गरे।
रसियाले युक्रेन माथि आक्रमण गर्दा माइती घरमा आएर चिच्याउने मानव अधिकारवादीहरुलाई गरिबको घर भत्कायको किन नदेखेको भनेर प्रतिशतप्रश्न समेत गरे ।
उनले मेयर प्रमोद तिवारीलाई यस्तो कुकर्मको लागि जनता समक्ष माफी माग्दै यस्तो कार्य नदोहोर्‍याउन चेतावनी दिएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी क.फिरोज सीले उनले मैथिली भाषामा सम्बोधन गर्दै उक्त क्षेत्रका स्थानीयहरूलाई सरकारको रवैया विरुद्ध प्रतिरोध गर्न अपिल गरेका थिए ।
कार्यक्रमको सञ्चालन अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य लोकेस सीले गरेका थिए ।-प्रकाश डुम्रे

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु