दलाल संसदीय व्यवस्था असफल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले दलाल संसदीय व्यवस्था असफल ठोकुवा गर्दै यसको विकल्पमा नेपाली विशेषताको समाजवाद लागू गर्न पार्टी स्थानीय तहलाई बलियो बनाउने योजनामा रहेको बताएका छन । आइतबार नेकपा चन्द्रागिरी नगरपालिकाको नगर कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । इन्चार्ज माइला सीले त्यही योजना अनुसार चन्द्रागिरीमा पनि कार्यालय स्थापना गरेर पार्टी जनताको सेवामा लागेको बताए ।
उक्त उद्घाटन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सचिव चिरन्जीवि सी, केन्द्रीय सदस्य धर्म सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा काठमाडौं महानगरपालिका इन्चार्ज डिआर सी, अ.ने.म.संघ क्रान्तिकारी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज बिनिता सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रताप सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।