रोजगारीको ग्यारेन्टी गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालका अध्यक्ष दिनेश सीले नेपालमा भएका सम्पूर्ण बेरोजगार युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्न र बन्द भएका सम्पुर्ण उद्योगहरुलाई तत्काल सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेका छन ।
सोमबार काठमाडौँ को माइतघर मण्डलामा जम्मा भएर युवा सङ्गठन नेपालले बन्द भएका राष्ट्रिय उद्योग पूर्णरूपमा सञ्चालन गरी बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै प्रदर्शन गरेको हो । उक्त प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका अध्यक्ष दिनेश सीले बेरोजगार युवाहरुलाई विदेशीन नेपालको संसदीय व्यवस्थाले बाध्य बनाएको बताउँदै यसलाई रोक्नका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले यो संसदीय व्यवस्थाले कुनै पनि नेपालीको हकमा काम नगरेको भन्दै अबको विकल्पमा नेपाली विशेषताको समाजवादले नेपाली जन्ताको निकास दिने बताए । उनले नेपाली जनताको निकास दिनको लागि नेपाली जन्ता नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द भएर लाग्न सम्पूर्ण नेपाली जनतालाई अपिल गर्दै आफ्नो देशमा उत्पादन नगरी युवाहरूलाई रोजगारको ग्यारेन्टी गर्न नसकिने भन्दै उनले आफ्नो पार्टी र सङ्गठन पूर्णरुपमा उत्पादनमा जोडिएको बताए ।
अध्यक्ष दिनेश सीले माइतीघर मण्डलामा अन्सनमा बसेका पीडितहरुका मागलाई तत्काल पुरा गर्न सरकारलाई आग्रहसमेत गरेका थिए ।
अध्यक्ष दिनेशले माइतीघर मण्डलमा अन्सनमा बसेका विभिन्न बलात्कार पीडित निर्मला कुर्मीकी आमा, सहकारी पीडितहरुसँग छलफल गर्दै आफ्नो सम्पूर्ण पार्टी सङ्गठन सम्पूर्ण खालका पीडितको मुक्तिको लडाइँ लडिरहेको र परिआए पीडितको मुक्तिको लागि जस्तोसुकै संघर्ष गर्ने बताए । उक्त सङगठले प्लेकार्डसहित प्रदर्शन गरेको थियो ।