बन्द रहेका उधोग तत्काल सन्चालन गर्न माग

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन युवा सङ्गठन नेपाल नवलपूरले बन्द रहेका उधोग तत्काल सन्चालनमा ल्याउन र बेरोजगार युवालाई रोजगारीको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनद्वारा सोमबार आयोजित बिरोध सभामा बोल्दै युवा सङ्गठनका केन्द्रीय सदस्य एव नवलपूर जिल्ला इन्चार्ज अर्पण सीले दलाल सम्सदीय ब्यवस्थाले निकास नदिने र नेपाली बिशेषताको समाजवादको लागी सबै राजनितिक दल एक ठाउँ आउनुपर्ने बताए । उनले देशमा रोजगारीको अवस्था दयनीय रहेको बताउदै राज्यले युवा पलायन रोक्न गम्भीर बन्नुपर्ने बताए । उनले गाउगाउमा आएको सिंहदरबार ले करको बोझमात्रै थपेको तर युवालाई सीपमूलक तालिम र अवसरभने नदिएको आरोप लगाए, उनले देशमा बन्द रहेका ठूला राष्ट्रीय उधोगहरु तत्काल सन्चालन गर्नुपर्नेमा जोड दिए ।
बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गर, बन्द रहेका राष्ट्रीय उधोग सन्चालन गर भन्ने नारासहितको ब्यानरसहित जिल्लाको कावासोती नगरपालिका स्थित फलफूल चोकबाट सुरु भएको र्याली सभापति चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रम अर्जुन सीले सन्चालन गरेका थिए ।
युवा सङ्गठनले गरेको बिरोधसभामा स्थानीय मानिसहरुको समेत उलेख्य उपस्थिती रहेको र धेरैले आन्दोलनप्रती एक्यबद्दता जनाएको पार्टी जिल्ला सेक्रेटरी सुमन सीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]