सडक खने कडा कारबाही
२०८१ जेष्ठ ३१ गते, बिहीबार
काठमाडौँ । सडक विभागले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो । सो कार्यालयले वर्षायाममा कसैलाई सडक खन्न अनुमति नदिने स्पष्ट पारेको छ ।
सडक विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनमातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन ।”