‘राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्युरो सदस्य माइल सीले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको ठोकुवा गरेका छन् । राज्यद्वारा हत्या गरिएका नेकपा भोजपुरका नेता निरकुमार राइको छैठौं स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता माइल सीले एकीकृत जनक्रान्ति जनयुद्धको भिन्न र उच्च तरिकाको निरन्तरता भएको बताउदै तत्कालीन सरकारले आफ्नो असफलता र संकटलाई ढकछोप गर्ने उदेश्यले नेकपामाथी प्रतिबन्ध लगाएको र त्यसक्रममा निहत्था नागरिकको हत्या गरेको बताए । उनले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख बाहेक केही पनि दिएको छैन भन्दै यस्तो किन भैरहेको छ भन्नेबारे गम्भीरतापुर्बक बहसगर्नुपर्ने बेला आएको बताए ।
नेता माइल सीले देशमा विद्यमान आर्थिक राजनीतिक संकटको समाधान असफल पार्टी , असफल नेता र असफल बिचारले नहुने भएकोले संकटको सहि समाधान भनेको माओवादी पार्टीहरुको एकता र अगाडि बढ्ने प्रतिबद्धता जरुरी भएको धारणा राख्दै संकटले निराशा मात्रै होईन नयाँ आशा र नयाँ संभावनाहरु पनि देखा परेको बताए।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु भनेको देशलाई अशान्तिको दिशामा फर्काउन खोज्नु भएको बताउदै जनताका एजेन्डा बोकेर,निस्वार्थ भावका साथ जीवन बलिदान गर्ने सहिदहरु, उनिहरुका परिवारको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले संसदीय व्यवस्थाको विकल्प दिन्छु भन्ने शक्तिले मात्रै आजको संकटको निकाश दिन सक्ने बताउदै संविधानको धार ७६,२ वा ३ को कुरा गर्दैमा जनताले कुनै नयाँ चिज प्राप्त गर्न नसक्ने दाबी गरे। वरिष्ठ अधिवक्ता भण्डारीले अहिले काङ्ग्रेस र एमालेले भनिरहेको संविधान संशोधनको कुरा देशलाई पछाडि धकेल्ने, समानुपातिक प्रतिनिधित्व र जनयुद्धका उपलब्धिलाई उल्टाउने उदेश्यले आएको बताए ।
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिबन्धको क्रममा घाइते भएका घाइते योद्धा सुरेन्द्र सीले कर छली गर्ने एनसेल , भ्रष्टाचार र महङ्गी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्ष गरिरहेको बेला निरकुमार लगायतका योद्दाहरुलाई राज्यले हत्या गरेको र यो अन्यायपुर्ण र राज्यको दमनकारी कदम भएको दाबी बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहिद निरकुमार राइकी जीवन साथी इन्द्रकला राइले हत्यामा संलग्नहरुलाई कारबाही र पीडितलाई न्याएको प्राप्ति नभएको भन्दै राज्यले निरकुमारलाई सहिद घोषण गर्नुपर्ने माग गरिन ।
नेकपाका केन्द्रिय सदस्य एवम् काठमाडौ जिल्ला सचीव चिरञ्जीवी सीले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल सीले गरेका थिए।
