नेकपा नवलपुरद्वारा १ बिघा जमिनमा धान रोपाई

२०८१ असार २७ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपुरले १ बिघा क्षेत्रफल खेतमा धान रोपाई सम्पन्न गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका ४ बसन्तपूरमा रहेको खेतमा जिल्लाका पार्टी सदस्यहरुको उपस्थितिमा धान रोपाई सम्पन्न भएको हो ।
धान रोपाई कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं नवलपूर इन्चार्ज पदम सी, अखिल नेपाल किसान महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका सल्लाहकार ठाकुर चापागाई, पार्टीका जिल्ला सेक्रेटरी सुमन सी लगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपाले पछिल्लो समय देशैभरी धान रोपाई गरिरहेको छ । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादनलाई प्राथमिकता दिदै असार महिनालाई उत्पादन महिना घोषणा गरी नेकपाले धान रोपाई गरिरहेको छ । – शिव डुम्रे

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार