‘संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔं’
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संबिधान संशोधन गर्ने भए कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन्। प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै उनले संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासनको अभियानलाई तीव्रता दिएपछि सरकार गिराउने खेल सुरु भएको बताएका छन्। उनले सरकारले विभिन्न प्रकरणको अनुसन्धान सुरु गरिएपछि आफू नेतृत्वको सरकार ढाल्न चलखेल भएको दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्न भन्दै अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो नहुने बताए । त्यस्तो प्रयास भयो भने संसद र सडकमा ठूलो प्रतिरोध हुने भन्दै उनले lभने- ‘म सँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस् । भूईं मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ, त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् ।’