प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

२०८१ श्रावण २ गते, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले साउन ६ गते आइतबार ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । राजनीतिक माहोल जतिखेर पनि बिग्रन सक्ने हुनाले ओलीलै सक्दो छिटै विश्वासको मत लिन चाहेको बताइएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको ओलीले सोमबार मात्र पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६(२) को उपायोगिता सकिएको र प्रचण्डपछि धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलले सरकार बनाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिएको छ, जसको सुनुवाइ पनि साउन ६ गते नै तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]