कामपाको फुटपाथ विस्तारको काममा फेरि अवरोध !

२०८१ श्रावण ४ गते, शुक्रबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको फुटपाथ विस्तारको काममा फेरि अवरोध भएको छ । महानगरपालिकाले
उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि बुधबारदेखि पुनः काम सुरु गरेको थियो। तर, स्थानीयहरु सडक नखन्न आग्रह गर्दै आन्दोलनमा उत्रिएका छन्। अहिले सो क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले फेरि कालोपत्रे गरिदिएको थियो।
त्यसपछि सडक डिभिजनको निर्णयविरुद्ध महानगर अदालत गएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो।

प्रतिक्रियाहरु

[anycomment]