महासचिव विप्लव सीद्वारा युवाहरुलाई नेपालको‌ कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न निर्देशन

२०८१ श्रावण ४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाहरुलाई नेपालको‌ कम्युनिस्ट आन्दोलन र संघर्षलाई अन्तर्राष्ट्रियकरण गर्न निर्देशन दिएका छन् । शुक्रबार बिहान महासचिव विप्लव सीलाई भेट्न पुगेका International League of Socialist Youth (ILSY) को टोलीलाई भेट्दै उनले सो निर्देशन दिएका हुन् । उक्त भेटमा महासचिव विप्लव सीसंग समाजवादी मोर्चा नेपालमा विकसित भएको परिस्थिति , युवाको भुमिका, कम्युनिस्ट एकता र ILSY को प्रकाशन वारे छलफल भएको बताइएको छ ।
उक्त भेटमा महासचिव विप्लव सीले कम्युनिस्टहरुविच नयाँ आधारमा नयाँ एकता आवश्यक भएको उल्लेख गर्दै २१ औ शताब्दीको युवा र मार्क्सवादलाई जोड्न‌ ज़रुरी भएको बताएका थिए।

प्रतिक्रियाहरु

[anycomment]