प्रधानमन्त्री ओलीको नियुक्तिबारेमा परेको रिट संवैधानिक इजलासमा !

२०८१ श्रावण ६ गते, आईतवार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिबारेमा परेको रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।
संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए । यसमा गम्भीर संवैधानिक विवाद देखिएको भन्दै न्यायाधीश ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय लिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]