नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दै

२०८१ श्रावण १३ गते, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । बैठकले केन्द्रीय सदस्य टुंगो लगाउनेछ । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]