नेकपा रोल्पाद्वारा जग्गा दलाल तथा बिचौलियालाई चेतावनी

२०८१ श्रावण १५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले २७ बर्षदेखि नेपाल कम्युनिस्ट पार्टीले भोगचलन गर्दै आएको जग्गालाई बिबादित नबनाउन दलाल तथा बिचौलियाहरुलाई चेतावनी दिएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी सन्दिप सीले सोमबार विज्ञप्ति जारी गर्दै रोल्पाको त्रिबेणी गाउँपालिका ६ स्थिति हरिभक्त खड्का र बलजित पुन बिचको जग्गा विवाद भएपपछि विगत २७ वर्षदेखि रोल्पा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको जग्गालाई बिबादित नबनाउन दलाल तथा बिचौलियाहरुलाई चेतावनी दिएका हुन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्दिप सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना काल देखि नै नेपाल देश र नेपाली जनताको पक्षमा उभिएर लामो समयदेखि अनवरत संघर्ष गर्दै महान त्याग ,तपस्या र उच्च बलीदानका कृतिमानहरु कायम गर्दै आएको कुरा यहाँहरूलाई सर्वविधित छ । यसै सन्दर्भमा रोल्पा साबिक जुगार गा.वि.स वडा नं.-९, मजुवा हाल त्रिवेणी गा.पा. वडा नं.-६, स्थित हरिभक्त खडका र बलजित पुन बिचको
जग्गा विवाद भै रोल्पा जिल्ला अदालतमा जग्गा विवाद सम्बन्धि मुद्दा लड्दै गर्दा हरिभक्त खडकाले मुद्दा हार्ने निश्चित देखेपछि हरिभक्त खडकाको गुरु योजना अनुसार २०३९ सालमा उक्त बलजित पुनलाई हत्या गरेपछि जग्गा विवाद फझनपछि झन चर्किदै जाँदा स्वभाबिक रूपले लामो समय लिनेनै भयो र लियो पनि त्यस घटनाप्रति तत्कालीन ने.क.पा माओवादीको ध्यानाकर्षण भयो र २०५४ सालमा उक्त विवादित
जग्गालाई आफ्नो नियन्त्रणमा लिएर हालसम्म अर्थात २७ बर्षसम्म सामुहिक खेती गर्दै आइरहेको छ । उक्त विवाद समाधानको जिम्मा पनि पीडित पक्षले नेपाल कम्युनिस्ट पार्टीलाई दिएको थियो । उक्त विवाद समाधानको निम्ति ने.क.पा को जिल्ला समितिले अथक मेहनत गरिरहेको सन्दर्भमा सम्बन्धित विवाद समाधा को मियोलाई समातेर बिचौलियाहरुले विवाद समाधान गरेको भनी फेसबुकमा पोस्ट गरेको देखियो
। यस्ता काम गर्न गराउन अधिकार विचौलियाहरुलाई कसले दियो ! यस्तो काम प्रति ने.क.पा रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली दलाल पुजीवादी राज्य संसदीय व्यवस्था लाई मिल्काएर नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्तापना गर्ने उदेश्य बोकेर अहोरात्र जनताको सेवामा डटिरहेको सिङ्गो पार्टी संग परामर्श नगरी विचौलियाहरुको विवाद समाधान को नाटक मन्चनलाई पुर्णरुपले खारेज गर्दछ ।साथै साबिक जुँगार गा.वि.स वडा नं.-९, मजुवा हाल त्रिवेणी गाउँपालिका वडा नं.-६, मजुवा गाउँमा रहेको हरिभक्त खडकाको विवादित जगगा पुर्णरुपले नेपाल कम्युनिस्ट रोल्पाको नियन्त्रणमा रहेको घोषण गर्दछ ।
उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टीको अनुमति बिना आफ्नो मनोमानी ढंगले दायाँ-बायाँ गर्ने कोहि कसैले दुस्साहस गरेको खन्डमा नेपाल कम्युनिस्ट पार्टीले कडा प्रतिवाद गरि छाड्ने चेतावनी दिन्छ । उक्त जग्गा २७ बर्षसम्म नेपाल कम्युनिस्ट पार्टीले भोगचलन गर्दै आएकोले भोगचलनको आधारमा जग्गाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको हक छ । उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टी रोल्पाको अनुमतिविना जो कोहिपनि अनावश्यक रुपमा विवादमा फस्ने गरि संलग्न नहुन यसै बिज्ञप्तिमार्फत बिनम्र अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]