९१ न्यायाधीशको सरुवा

२०८१ श्रावण १६ गते, बुधबार


काठमाडौँ । न्याय परिषद्को मंगलबार बसेको बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो । एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]