‘लेबनानमा नेपाली सुरक्षित छन्’

२०८१ श्रावण २१ गते, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको बताएको छ। मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।
मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ । अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ ।
इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनावपूर्ण बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]