टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझाइँदै

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज मुख्य दलका शीर्ष नेताहरुलाई संयुक्तरुपमा प्रतिवेदन बुझाउने बताइएको छ । कार्यदल सदस्य महेश बर्तौलाले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बुझाउन लागिएको जानकारी दिए ।
उनका अनुसार शीर्ष नेताहरुले प्रतिवेदन अध्ययन गरेपछि थप छलफल गर्नुपर्ने विषयमा तीन शीर्ष नेताले टुंगो लगाउने छन् ।
विधेयकमा नमिलेका विषयमा सहमति जुटाउन कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।