नेकपा रोल्पाद्वारा विवादित जग्गा नेकपाको भएको दाबी

२०८१ श्रावण २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले त्रिबेणी गाउँपालिका ६, मजुवा गाउँमा रहेको हरिभक्त खड्काको विवादित जग्गा नेकपाको भएको दावी गरेको छ। सो पार्टीले सोमबार उक्त जग्गामा बृहत प्रदर्शनसहित झण्डा गाडेर उक्त दावी गरेको हो ।
उक्त प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले उक्त विवादित जग्गा नेकपाको रहेको दाबी गरेका थिए भने नेकपाका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले मन्तव्यको क्रममा नेकपाले २७ बर्ष देखि भोगचलन गर्दै आएकोले अब पनि नेकपाकै हक रहेको बताएकी थिइन् ।
उक्त विरोध प्रदर्शनको कोण सभालाई नेकपा केन्द्रिय प्रतिनिधि तथा रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सीले संचालन गरेका थिए । प्रदर्शन कार्यक्रममा नेकपा केन्द्रिय सदस्य जागृति सी, केन्द्रिय सदस्य आक्रोस सी, केन्द्रिय प्रतिनिधि सदस्य, पोस्टमान सी, केन्द्रिय प्रतिनिधि सदस्य अपिल सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


बिगत २७ बर्ष देखि नेकपा रोल्पाले भोगचलन गर्दै आएको उक्त विवादित जग्गालाई बिचौलियाहरुले विवाद समाधान भएको भन्दै अपचलन गर्न खोजेपछि नेकपा रोल्पाले जग्गामा झण्डा गाडेको जनाएको छ ।
रोल्पाको त्रिबेणी गाउँपालिका ६ स्थित हरिभक्त खड्का र बलजित पुन: बिचको जग्गा विवाद भएपछि विगत २७ वर्षदेखि रोल्पा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको जग्गालाई केहि बिचौलियाहरुले मुद्दा मिलिसकेको भनेपछि नेकपा रोल्पाले ध्यानाकर्षण गरेको छ ।
त्रिबेणी ६ मुजुवामा गाउँमा रहेको हरिभक्त खड्काको विवादित जग्गामा झण्डा गाड्दै पूर्णरुपले नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जनाएको छ । २७ वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी रोल्पाले भोगचलन गरेको आधारमा जग्गाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीकै हक रहेको दाबी समेत गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]