बिरुवा गाउँपालिका अध्यक्ष कुँवरविरुद्ध पक्राउ पुर्जी

२०८१ श्रावण ३० गते, बुधबार


काठमाडौँ । जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो । स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको थियो । गत साउन ११ गते सोही सहकारीका सञ्चालक जीवन वाग्लेलाई प्रहरीले पक्राउ गरेको थियो। सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए।

प्रतिक्रियाहरु

[anycomment]