नेकपा सिन्धुपाल्चोकले समाजवादप्राप्तिको अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले समाजवादप्राप्तिको अभियानलाई जनताको तहसम्म जोड्ने निर्णय गरेको छ । शनिबार बाह्रबिसेमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले पार्टीको स्थायी समिति र बाग्मति प्रदेश सचिवालयकाे बैठकले लिएका ऐतिहासिक एवम दूरगामी महत्वका निर्णयहरु अक्षरंश कार्यान्वयन गर्ने, पालिका ध्रुवीकरण अभियानलाई विशेष जोड दिने, कृषि उत्पादन कार्यलाई थप व्यवस्थित गर्ने, समाजवाद र स्वाधीनताको अभियानलाई जनताकाे तहसम्म पुर्याउने निर्णय गरेको छ ।
उक्त बैठकका प्रमुख अतिथि पार्टीका पाेलिटब्युराे सदस्य एवम काठमाडौ जिल्ला इन्चार्ज माइलासीले प्रशिक्षण मन्तव्य राख्दै अब यो देशलाई समृद्धिको यात्रामा लैजाने हो भने नेकपाको नीति र नेतृत्वको विकल्प नरहेको जिकिर गरे ।
उनले भने – ‘नेपाल एउटा दलदलमा फसिरहेकाे छ याे कसले हाे उद्वार गर्ने ?नेकपाले याे जनतालाई भन्नुपर्छ र राम्रोसँग बुझाउनु पर्छ भनु भयाे । तङघपुजीवादी संसदीय सत्ता पूर्णरुपले असफल भइसक्यो । हामीले भनिरहेका थियौँ कि यो सत्ता देश र जनताको जीवन बदल्न सक्दैन, ढिलोचाडो यो कुरा सत्य सावित भइसक्यो । यो सत्ता असफल मात्रै होइन पुरै गन्हायो, यसको दुर्गन्धले नागरिकमा बेचैनी छाएको छ तर निराश हुन जरुरी छैन, हामीले यसको समाधान दिएका छौँ । यो विकृत दलाल पुजीवादको विकल्प नेपाली विशेषताको समाजवाद हो ।अब सबै समाजवाद प्रप्तिको दिशामा दृढताका साथ अघि बढौँ ।नेपाली विशेषताकाे समाजवाद नेपाली जनताको चाहना हो त्यसको नेतृत्व अब नेकपाले गर्छ ।’
नेता माइला सीले सबै इमानदार क्रान्तिकारी, देशभक्त, प्रगतिशील, इमानदार माओवादी धारा, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीसंग सहकार्य गर्न तयार रहेको समेत बताए । बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य किरण सीले पनि प्रक्षिणात्मक मन्तब्य राखेका थिए ।
जिल्ला सेक्रेटरी साेनाम सीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका पाेलिटब्युराे सदस्य एवम काठमाडौ जिल्ला इन्चाज माइला सीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीको जिल्ला युगिन सि ,केन्द्रीय प्रतिनिधि सदस्य किरण सी, सहिद परिवारका नीर ब सी ,राजन सीकाे आतिथ्यता रहेको थियो । बैठकमा उपस्थित जिल्ला समितिका सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको राजनीतिक रिपोर्ट पेश गरेका थिए । -सम्भब सी