समाजवादी मोर्चाको सचिवालय बैठक सुरु : राजनीतिक दस्ताबेजमाथि छलफल जारी

२०८१ भाद्र ३ गते, सोमबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक आजवाट सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीको अध्यक्षतामा बसेको समाजवादी मोर्चा नेपालको सचिवालयको आजको बैठकमा राजनीतिक दस्ताबेज पेश भएको र उक्त दस्ताबेजमाथि छलफल जारी रहेको बताइएको छ । उक्त राजनीतिक दस्ताबेजलाई टुंगोमा पुर्याउन बुधबार पुन: सचिवालयको बैठक बस्ने बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]